Comments Add Comment

भारतबाट माघे मेला भर्न अाएका भक्तजन सवार ट्याक्टर नवलपरासीमा दुर्घटना, एककाे मृत्यु

२८ जना घाइते, ३ जनाकाे अवस्था गम्भीर

२ माघ, नवलपरासी । नवलपरासीकाे त्रिवेणीमा लाग्ने माघे मेला भर्न आएको भक्तजन चढेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

भारतको गोरखपुरबाट ट्याक्टरमा आएको भक्तजनहरु दुर्घटनामा परेका हुन् । बसलार्इ साइड दिन खाेज्दा यु पी ५३ बी क्यू ०४२० नम्बरको ट्याक्टर ट्याक्टर ठटिया खोलामा खसेकाे प्रत्यक्षदर्शीले जनाएका छन् ।

दुर्घटनामा भारतको महाराजगञ्ज बस्ने ५५ वर्षीय सादु केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ ।

गम्भीर घाइते हुनेमा स्थानीय ४८ वर्षीय रामजी सहानी, ५० वर्षीय किशोर सहानी र ३५ वर्षीय रविन्द्र चौधरी छन् । उनीहरूकाे चौपता सामुदायिक अस्पताल, बर्दघाटमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment