Comments Add Comment

३३ केजी सुन तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ

२ माघ, काठमाडौं । गत वर्ष ३३ केजी सुन तस्करी गर्ने गिरोहका एक अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत राजस्थान गंगानगर घर भइ काठमाडौं–२, गैरीधारा बस्दै आएका ३२ वर्षीय राहुल गोयल छन् ।

‘गोयललाई पक्राउ गरी अदालतबाट म्याद थप गरी प्रहरी हिरासदमा राखेर अनुसन्धान थालिएको छ’, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक जीवन श्रेष्ठले भने ।

उनी विशालबजारस्थित सालिमार ज्वेलर्सको सञ्चालक समेत हुन् । यसअघि २१ पुस ०७३ मा विमानस्थलबाट ३३ केजी सुनसहित ३ जना पक्राउ परेका थिए ।

एयर अरेबियाको विमानबाट ल्याइएको उक्त परिणामको सुनसहित मोरङका दीनबन्धु थापा, नेपालगञ्ज्का गोपालबहादुर शाही र जनकपुरका सन्तोष काफ्लेलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे ।

उनीहरुसहित घटनामा संलग्न ३३ जनामाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment