Comments Add Comment

स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड आउँदै

बार्सिलोना / नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक वर्ष पछि सरकारले राजदूत पठाउन लागेको हो ।

यस अघि मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गरेकी थिइन्।

राजदूत रायमाझीसहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ।

नियुक्ति पाएको लामो समयसम्म पनि राजदूतलाई कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै आलोचना भइरहेको थियो ।

दूतावास स्थापना गर्ने निर्णयपछि कार्यन्वयन हुनेमा आशंका ब्यक्त गरिएको बेला राजदूतसहितको टोली म्याड्रिड आउन लागेपछि स्पेनवासी नेपालीहरु उत्साहित बनेका छन् ।

करिब एक दशक अगाडिदेखि स्पेनवासी नेपालीहरुको दूतावासको माग राख्दै पटकपटक परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेनस्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्थाहरुले दूतावासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सरकारले दूतावास स्थापना गर्ने निर्णय गरेको थियो ।

पटकपटक स्पेनवासीको गुनासो सुन्दै आएका डा. प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा दूतावास खोल्ने निर्णय भएको हो।

उनले अनावश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment