Comments Add Comment

सप्तरीमा क्रान्तिकारीले बाँड्यो ब्लाङ्केट र ज्याकेट

२ माघ, राजविराज । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सप्तरीमा चिसो र शितलहर पीडित ३ सय परिवारलाई न्यानो कपडा वितरण गरेको छ।

क्रान्तिकारीले राजविराज नगरपालिका वडा नम्बर १३ को विषहरिया टोलमा १ सय ५० परिवारलाई र तिरहुत गाउँपालिकाको लोहजारा टोलका थप १ सय ५० परिवारलाई राहत स्वरुप एक-एक वटा ब्लाङ्केट र एक-एक वटा ज्याकेट दिइएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

कार्यक्रममा क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले भने, ‘हामी शितलहरले आक्रान्त परिवारको दु:ख साट्न र सरकारलाई घच्घच्याउन यहाँ आएका हौं ।’ तामाङले काठमाडौं फर्किएर सरकारको ध्यानाकर्षण गराउने बताए।

पीडितलाई दिइएको राहत काठमाडौंका विभिन्न सहयोगीबाट संकलन गरिएको न्यानो संकलन तथा वितरण समितिका संयोजक एवम् अखिल क्रान्तिकारीका उपाध्यक्ष इन्द्र भुषालले जानकारी दिए।

न्यानो वितरण कार्यक्रममा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल, क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्षत्रय सुरेन्द्र बस्नेत, विजय गौतम, इन्द्र भुषाल तथा माओवादी केन्द्रका जिल्ला संयोजक अशोककुमार मण्डललगायतको उपस्थिति थियोे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment