Comments Add Comment

ट्याक्टरको ठक्करले बालकको मृत्यु

२ माघ, गोरखा । ट्याक्टरको ठक्करबाट बारपाक सुलिकोट गाउँपालिका ३ सिरानथरमा बालकको मृत्यु भएको छ । मंगलबार साँझ ढुङ्गा पुर्‍याएर फर्कदै गरेको ग १ त ५१५८ नम्बरको ट्याक्टरको ठक्करबाट बारपाक सुलिकोट गाउँपालिका-३ थलाका १२ वर्षीय विनोद तामाङको मृत्यु भएको सौरपानीकी स्थानीय सलिना गुरुङले जानकारी दिइन् ।

घर फर्कदै गरेका तामाङलाई ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । दुर्घटनास्थल प्रहरी चौकीदेखि टाढा रहेकाले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसतर्फ जाँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment