Comments Add Comment

यी हुन् घरमा शुद्ध हावा फैलाउने विरुवा

पृथ्वीमा रुख बिरुवा भएनन् भने कुनै पनि प्राणी बाँच्न सक्दैनन् । जैविक सन्तुलन बनस्पतीमै टिकेको छ । यसैले कुनै पनि बोट बिरुवा हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

अझ, घरमा रोपेको विरुवाले घरको सौन्दर्य त बढाउँछ नै, शुद्ध अक्सिजनको उत्पादन गरी मानिसलाई विभिन्न रोग लाग्नबाट समेत बचाउँछ । घरमा रोपिने यस्ता रुविाले ‘एयरप्युरिफायर’को समेत काम गर्छ, जसले गहिरो निद्रा लगाउनुका साथै घरमा सकारात्मक उर्जा प्रवाह गर्दछ ।

हुन त यस्ता विरुवालाई घरभित्र राखेको खण्डमा यसले रातका समयमा कार्वनडाइअक्साईड पनि प्रवाह गर्छ । तर, हाम्रा वरिपरि यस्ता रुख विरुवा पनि छन्, जसले शरीरलाई चाहिने अक्सिजन पर्याप्त मात्रामा उत्पादन गर्छन् ।

चमेली

चेेमेलीको फुल तेलको लागि प्रसिद्ध छ । दक्षिण भारतमा महिलाले सुन्दरताको प्रतिकका रुपमा चमेली फूल टाउकोमा पनि लगाउने गर्दछन् । हेर्दा आर्कषक तथा मनमोहक देखिने चेमेलीको बोटले शरीरको तनाव कम गर्नुका साथै बेचैनी हटाउँछ ।  यसले गहिरो निद्रा जगाउनुका साथै शरीरमा सकारात्मक उर्जा संचार गर्दछ ।

एलोवेरा

अनुहार सम्बन्धि विभिन्न समस्यामा एलोभेरा अर्थात घिउकुमारी लाभदायक मानिन्छ । त्यसैले त,  सौन्दर्यका विभिन्न प्रशाधनहरुमा एलोवेराको प्रयोग अधिक हुन्छ । एलोभेराको प्रयोगबाट अनुहार सुन्दर हुनुका साथै यसले निद्रासमेत लगाउँछ । सानो तिनो चोटकपटक तथा पोलेको घाउमा औषधीको काम गर्ने एलोभेराले रातको समयमा अक्सिजन छोड्छ, जसले गर्दा अनिद्राको समस्या हटेर जान्छ ।

स्पाइडर प्लान्ट   

यत्रतत्र छरिएको यसको पत्ताबाटै यस वोटको पहिचान गर्न सकिन्छ । स्पाइडर प्लान्टले क्यान्सर गराउने तत्वको विकास गर्ने हानीकारक रसायनबाट वातावरणलाई शद्ध राख्न मद्दत गर्छ । साथै, यसले वातावरणको दुर्गन्ध नष्ट गरी आरामदायी निद्रा दिलाउन मद्दत गर्छ ।

तुलसी

स्वास्थ्य सम्बन्धि विभिन्न समस्यामा तुलसीको प्रयोग हुने गर्छ । तुलसीलाई विभिन्न औषधीको खानी पनि भन्ने गरिन्छ । त्यसैले त, गीत नै छ, ‘तुलसी आँगनमा रोपौंला ।’ हुन पनि तुलसीलाई घर आगनमा रोप्नको धार्मिक र आध्यात्मिक मात्र हैन, औषधि महत्व पनि छ । घरको आँगनमा तुलसी रोप्दा वातावरण शुद्ध हुनुका साथै यसले रुघाखोकी, ज्वरो, दुखाईलगायतमा समेत शरीरलाई आराम दिन्छ । टाउको दुखेमा तुलसीको पात पिसेर टाउकोमा लगाउनुस्, टाउको दुखाई निकै हदसम्म कम हुन्छ । तुलसीको पातको लेप बनाएर अनुहारमा लगाउँदा कोमल हुनुकासाथै सुन्दर देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment