Comments Add Comment

‘हिरोइनदेखि बडिगार्डसम्म’को प्रश्नमा प्रदिपको यस्तो जवाफ, ‘हृयूमर कि ब्यङ्ग्य’?

नायक प्रदिप खड्का जति चर्चामा छन्, त्यति नै विवादमा पनि मुछिन थालेका छन् । चलचित्र ‘लिलिबिली’मा २२ लाख पारिश्रमिक लिएपछि चर्चासँगै विवादमा मुछिएका प्रदिप सोहि चलचित्रको पत्रकार सम्मेलनमा ४ जना बडिगार्डसहित पुग्दा फेरि विवादित बने ।

उनै, प्रदिप ‘लिलिबिली’ चलचित्रको गीत सार्वजनिक कार्यक्रमपछि फेरि विवादमा मुछिएका छन् । हुनत, चलचित्रमा लागेका कलाकारहरुले चर्चाकै लागि पनि विवादस्पद कुरा बोल्ने गरेका छन् ।

सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा प्रदिपले केहि जवाफहरु दिए । जुन जवाफमा उनको ‘सेन्स अफ ह्यूमर त झल्किएको थियो नै साथमा ब्यङ्ग्य पनि ।’
प्रदिपले दिएका जवाफलाई आउनुहोस्, बुँदागत रुपमा नै विश्लेषण गरौ ।

१. नायिकामाथि टिप्पणी
चलचित्र ‘लिलिबिली’मा आफू भन्दा केहि उमेरले जेठी नायिकासँग काम गरेको प्रश्न पत्रकारले सोधेपछि प्रदिपले आफूले कहिल्यै पनि नायिकाहरुको बिषयमा निर्माण टिमलाई सल्लाहा दिने नगरेको बताए । उनले भने-‘म कहिले पनि त्यो सल्लाहा दिन्नँ । हिरोइन छान्ने कुरामा पनि मैले कहिल्यै सल्लाहा दिन्नँ । तपाइहरुले पहिले-पहिले मैले काम गरेका नायिकाहरु पनि देख्नु भएकै हो, म कहिल्यै त्यसमा सल्लाहा दिन्नँ भनेर ।’

यति भनेपछि प्रदिप केहि समय हाँसे । प्रदिपको मुस्कानले पनि यो जवाफमा उनको ‘सेन्स अफ ह्यूमर’ थियो भन्दा पनि ब्यङ्ग्य थियो भन्ने प्रष्ट हुन्छ । उनले नायिका पूजा शर्मा र अश्लेषा ठकुरीमाथि यो ब्यङ्ग्य कसेको प्रष्ट हुन्छ । यो बयानले प्रदिप अहिले चर्को विवादमा परेका छन् । प्रदिपको यो जवाफमा धेरै दर्शकले उनमा घमण्ड बढ्न थालेको भनेर टिप्पणी पनि गरेका छन् ।

२. बडिगार्डको कुरा
चलचित्र ‘लिलिबिली’को पत्रकार सम्मेलनमा ४ जना बडिगार्डसहित उपस्थित भएका प्रदिप गीत सार्वजनिक कार्यक्रममा भने सामान्य रुपमा नै उपस्थित भए । एक पत्रकारले प्रश्न सोधे-‘खै त बडिगार्ड’ । यसमा उनले हाँस्दै जवाफ दिए-‘मलाई थाहा थियो यो प्रश्न आज आउँछ भनेर । अस्तीको समयमा बडिगार्ड देखेर केहि मानिसहरु डराउनुभयो । यसैले आज मैले पार्किङमा नै छाडेर आएको छु । केहि बडिगार्ड त सिभिल ड्रेसमा पनि घुमिरहनु भएको छ ।’ यसमा उनको ‘सेन्स अफ ह्यूमर’ देखियो ।

३. प्रियंकासँग उमेरको बिषयमा
नायिका प्रियंका कार्कीसँग काम गरेपछि पनि प्रदिपको चर्चा भयो । धेरैले ‘दिदी-भाई’को जोडी भनेर चर्चा पनि गरेका छन् । यसमा प्रदिपले भने-‘उहाँसँग काम गर्दा म उमेरले सानो भएपनि मनले भने उहाँकै उमेरको महशुश गरिरहेको थिएँ ।’ प्रदिपले प्रियंका ‘मिस टिन’ भएदेखि नै प्रभावित भएको भन्दै उनीसँग काम गर्दा रमाइलो महशुश भएको सुनाए ।

नायक प्रदिप खड्काका यी जवाफले केहि नायिकाहरु आक्रोशित बनेका छन् भने कतिपय जवाफमा उनको रमाइलो जवाफ दिन सक्ने खुबी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment