Comments Add Comment

प्रधानसेनापति श्रीलंका जाँदै, कायम मुकायमको जिम्मेवारी थापालार्इ

३ माघ, काठमाडाैं  । प्रधानसेनापति राजेन्द्र क्षत्री बुधबार श्रीलंका भ्रमणमा जाँदैछन् । श्रीलंका सेना प्रमुखको औपचारिक निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

भ्रमणका क्रममा उनले श्रीलंका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ ।

प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षेत्री यही माघ ११ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment