Comments Add Comment

विराटनगरको कपडा पसलमा आगलागी, ३० लाख क्षति

फाइल फाेटाे

३ माघ, विराटनगर । विराटनगरको ट्राफिक चोकस्थित ट्याग फेन्सी स्टोरमा बुधबार विहान आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विद्युत सर्ट भएर विहान ६ बजे आगो लागेको थियो । आगोले पसलभित्र रहेका कपडा जलेर क्षति पुगेको वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक सिटौलाले विहान पसलभित्रबाट धुवाँ निस्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेकाले पसलमा ठूलो क्षति हुनबाट बचेको थियो ।

प्रहरी र स्थानीयले तत्कालै सटर फुटाएर आगो नियन्त्रणमा लिएका थिए ।

विराटनगर ९ स्थित रामविलास अग्रवालको घरमा राखिएको सो पसल प्रचण्ड वैधले सञ्चालन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment