Comments Add Comment

११ दिन २५ मिनेटसम्म जागा बसेर विश्व किर्तिमान

मानिसका लागि दिनमा कम्तिमा पनि ८ घण्टाको निद्रा जरुरी हुन्छ । तर यो दुनियामा कोही मानिस ११ दिन सम्म जागै रहन सक्दा रहेछन् ।

सन् १९६० को दशकमा दुईजना अमेरिकी विद्यार्थीहरु ११ दिन २५ मिनेटसम्म नसुतिसकनै बिताए ।

रेन्डी गार्डनर र ब्रुस मेकएलिस्टरले यस्तो रेकर्ड बनाउन तथा स्कुलका लागि वैज्ञानिक प्रयोग गर्नका लागि ११ दिनभन्दा धेरै समयसम्म जागै बसेका थिए ।

त्यसबखत मानिस सबैभन्दा लामो कति समयसम्म ननिदाईकन बस्न सक्ला ? भन्ने कुरा अनुसन्धानको विषय थियो ।

त्यहीँ बेला १७ वर्षीय रेन्डीले होनोलुलुका एक डिजेको रेकर्ड तोड्न चाहन्थे जो २६० घण्टा अर्थात् ११ दिन नसुतिकन किर्तिमान राखेका थिए । रेन्डीले त्यो रेकर्ड ताडे र उनी ११ दिन २५ मिनेटसम्म नसुतिकन बसे । रेन्डी सँगै उनका साथी ब्रुस मेकएलिस्टर पनि अनिँदो नै रहे ।

रेन्डी ११ दिन २५ मिनेटसम्म अनिँदो बसेर रेकर्ड कायम गरेसँगै यति गहिरो निद्रा सुते की उनी लगातार १४ घण्टासम्म सुतिरहे ।

आखिर बिरालो कति दिनसम्म अनिँदो बस्नसक्छ ? भन्ने सन्दर्भमा अमेरिकामै एउटा अनुसन्धान भएको थियो । त्यसक्रममा १५ दिनसम्म जागै रहेपछि बिरालोको मृत्यु भएको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment