Comments Add Comment

इतिहासको भयानक महामारी, जहाँ मानिसहरु नाचेरै मरे

सन् १५१८ को जुलाईमा फ्रान्सको स्ट्रसबर्ग सहरमा अचानक एक जना महिलाले नाच्न सुरु गरिन् । उनी कैयन् दिनसम्म नाचिरहिन् । ती महिला नाच्न सुरु गरेको एक हप्तामै अरु झण्डै १ सय जना मानिस त्यसैगरी नाच्न थाले ।

अधिकारीहरु अचम्ममा परे । ती नाच्ने मानिसहरुको उपचार नचाएरै गर्न सकिन्छ भन्ने सोँचेर ती नाच्ने मानिसहरुको उपचार गर्नका लागि एउटा हलमा छुट्टै राखियो ।

नाच जारी राख्नका लागि त्यहाँ मुखले बजाउने बाजा तथा ड्रम बादकहरुको पनि व्यवस्था गरियो । पेशेवर नर्तकहरुको पनि व्यवस्था गरियो । तर केही दिनमै नाच्ने मध्येका केही मानिसहरु मर्न थाले । त्यो वर्षको अन्त्यसम्ममा ४ सय जना मानिसहरु यसैगरी नाच्ने रोगबाट पीडित भएका थिए । उनीहरुलाई ट्रकमा कोचेर अस्प्ताल लैजानु परेको थियो ।

सेप्टेम्बरको सुरुमा भने यो रोग निको हुन थालेको थियो ।

सन् १५१८ भन्दा पहिले पनि झण्डै १० पटक यो नाच्ने रोगको महामारी फैलिएको थियो । १६७४ मा बेल्जियममा पनि यो रोग फैलिएको इतिहासमा उल्लेख छ ।

आखिर के थियो त्यो रोग ? कतिपयले त्यसलाई कलेक्टिभ हिस्टेरिया भनेका छन् । गरीबहरु भोक, बिमारी तथा आध्यात्मिक निरासाका कारण मानसिक रुपमा विचलित भएर त्यसरी नाच्ने गरी पागल बनेका बताइन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment