Comments Add Comment

न्यूयोर्कको फिल्म फेस्टिभलमा दुई नेपालीे फिल्ममेकरको फिल्म छनौट

न्यूयोर्क । पछिल्लो समय अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा नेपाली फिल्ममेकरहरुले पनि दरिलो उपस्थिति देखाउन थालेका छन् ।

यसैबीच न्यूयोर्ककै प्रतिष्ठित क्विन्स वल्र्ड फिल्म फेस्टिभलको ८ औं संस्करणमा दुई नेपाली फिल्ममेकरहरुको फिल्म पर्न सफल भएको छ ।

विगत केही समयदेखि न्यूयोर्क सहरमा बसेर त्यही पत्रकारिता गरिरहेका अनुज थापाले बनाएको वृत्तचित्र ‘फाइटिग फर जस्टिस’ अर्थात ‘न्यायको लागि लडाई’ डकुमेन्ट्री विधामा छनौट भएको हो ।

उक्त वृत्तचित्रमा पत्रकार थापाले पछिल्लो समय अमेरिकामा विशेषगरी मुसलमान समुदाय विरुद्ध बढिरहेको घृणालाई उतारेका छन् ।

१० मिनेट लामो वृत्तचित्रमा १ वर्षअघि न्यूयोर्क शहरमै एक मुसलमान धर्मगुरु र उनका साथीको दिनदहाडै हत्या गरिएको विषयको उठान गरिएको छ । वृत्तचित्रमा उक्त परिवारले न्यायका लागि गरिरहेको संघर्ष देखाइएको छ ।

त्यस्तै, नेरेटिभ विधामा निर्देशक रोशन विक्रम ठकुरीको छोटो चलचित्र ‘सिल्भर ब्याङ्गल्स’ अर्थात ‘चाँदीको चुराहरु’ छनौट भएको छ । सशस्त्र द्वन्द्वका बेला एक महिलाले आफ्नो बैवाहिक जीवन बचाउने प्रयासलाई पर्दामा उतारिएको छ ।

फिल्म महोत्वसमा विभिन्न विधाहरुका लागि ६५० चलचित्रहरुको आवेदन परेकामा १८० वटा छनौटमा पर्न सफल भएको हो । ती फिल्महरुको प्रदर्शनी यहि मार्च १५ देखि २५ तारिखसम्म न्यूयोर्क शहरको क्विन्समा हुदैंछ ।

यसअघि सन् २०१६ को संस्करणमा नेपाली चलचित्र डाईन क्यान्डल फिल्मका सिनेमाटाोग्राफर रविन आचार्यले बेस्ट सिनेमाटोग्राफरको पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment