Comments Add Comment

नर्सकाे श्रम शाेषण बन्द गर ! (फोटो फिचर)

३ माघ, काठमाडौं । पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले सुरु गरेको आन्दोलन अन्तर्गत बुधबार काठमाडौंमा र्‍याली निकालिएको छ । नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए।

उनीहरुले विदेश पलायन हाम्राे बाध्यता हाे, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथासीघ्र लागू गरियोस्, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निश्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

         

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment