Comments Add Comment

काठमाडौंमा ड्रोन उडाउने भारतीय नागरिक पक्राउ

फाइल फाेटाे

३ माघ, काठमाडौं । काठमाडौंको बुढालिकण्ठमा ड्रोन उडाउने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा छन् ।

बुढानिलकण्ठ नगरपालिका-३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । त्यस घरमा २१ जना भारतीय नागरिक बस्दै आएका थिए ।

लामाले दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।

उनीमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment