Comments Add Comment

प्रदेशको राजधानी माग्दै हेटौंडामा आन्दोलनको घोषणा


३ माघ, हेटौंडा । ३ नम्बरको प्रदेशको राजधानी बनाउन माग गर्दै हेटौंडामा पनि आन्दोलन हुने भएको छ । मकवानपुर उद्योग बाणिज्य संघको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले हेटौंडालाई प्रदेशको अस्थायी मुकाम नतोकिए कडा आन्दोलनमा जाने निर्णय गरेको छ ।

सरकारले आजै प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दैगर्दा हेटौंडामा आन्दोलनको घोषणा भएको मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मावध न्यौपानेले जानकारी दिए ।

मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले पनि ३ नम्बर प्रदेशको मुकाम हेटौंडा नै उपयुक्त हुने भन्दै सरकारले अन्यत्र तोके सशक्त आन्दोलन हुने बताए ।

‘हेटौंडा प्रदेशको राजधानी नभए हेटौंडेली जनता तत्काल सडकमा आउँछन्,’ संघका बरिष्ठ उपाध्यक्ष न्यौपानेले भने,’उपयुक्त हुने ठाउँलाई नतोकेर काठमाडौं र त्यस आसपासनै मुकाम तोकिए त्यसले थप समस्या मात्रै सिर्जना गर्छ ।’

उनले जुनसुकै मुल्य चुकाएर भएपनि हेटौंडालाई प्रदशेको राजधानी बनाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment