Comments Add Comment

गोल्डेन विकमा हिमेश रेशमिया टोकियोमा गुञ्जिने

१७ जनवरी, टोकियो । सधैं टेलिभिजन सेट र यूट्युवमा हेर्दै  र सुन्दै आएका जापानवासी नेपालीहरुले हिमेश रेशमियालाई प्रत्यक्ष देख्न र सुन्न पाउने भएका छन् ।

कुनै समय हिन्दी गीतसंगीतमा एकक्षत्र राज गर्दै आएका चर्चित गायक एवं संगीतकार हिमेशका गीतले भारतीय मात्र नभई नेपाली फ्यानहरु समेत प्रशस्त कमाएको छ ।

तर, जापानमा रहेका हिमेशका फ्यानहरुले टोकियोमा उनलाई हेर्न र सुन्न भने मे महिनाको पहिलो सातासम्म कुर्नु पर्ने छ ।

गायक हिमेशलाई जापानमै पहिलो पटक ल्याउन लागेको सनराईज प्रोडक्शनले टोकियोमा पत्रकार सम्मेलन गरी ‘हिमेश रेशमिया लाईभ इन टोकियो’ बारे जानकारी गराएको हो ।

कार्यक्रम गोल्डेन विकको अवसरमा रुनेकोदाईरा हलमा मे महिनाको ६ तारिख आइतबार हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

कार्यक्रममा गायक हिमेशसँगै उनको ८ जना समूहको ब्याण्ड आउने बताइएको छ ।

कार्यक्रम सनराईजले सक्सेस् अब्रोड स्टडीको सहकार्यमा गर्न लागेको हो । ठूलो बजेटको लगानीमा गर्न लागेको ‘हिमेश रेशमिया लाईभ इन टोकियोुमा नेपालीसँगै भारतीय नागरिकको समेत उल्लेखनिय सहभागिता गराउने उद्देश्यसहित प्रचारप्रसारलाई तीव्र पार्ने आयोजकले बताएको छ ।

कार्यक्रमको टिकट अनलाईनमार्फत समेत बिक्रि गरिने आयोजकले बताएको छ ।

हिमेशको ‘आशिक बनाया आपने’,’तेरी मेरीु, ‘आपकी कशिस’, ‘झलक दिख्लाजा’, ‘जारा झुमझुमुलगायत थुप्रै गीतहरु चर्चित छन् । उनले चलचित्रमा समावेश १०५ भन्दा बढी गीतमा संगीत दिएका छन् भने आफैले आवाज दिएका लगभग १५० भन्दा बढी गीत हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment