Comments Add Comment

रुपन्देहीको सैनामैनामा रातिमा सुरू भएर रातिमै सकिने महाेत्सव

३ माघ, बुटवल । रुपन्देहीको पुरानो मानिएको भड्छा मेलाको १०८ औं संस्करण सैनामैना नगरपालिकाको भड्छा गाउँमा सञ्चालन भएको छ । माघे औंशीको दिन सुरु हुने यस मेलाले रातिमा शुरु हुने र रातिमै समापन हुने मेलाको पहिचान बनाएको छ ।

एक सय वर्षसम्म मेलाको रुपमा मनाइदै आए पनि त्यसयता भने महोत्सवको रुपमा मनाउन शुरु गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष ईश्वरी भण्डारीले बताए । ‘परापूर्व कालमा एकजना साधुले मेलाको सुरुवात गरेको किम्वदन्ती छ, नदी तटमा पूजाआजा हुँदाहुँदै व्यवस्थित हुन थाल्यो र हामीले १ सय वर्ष पुगेपछि महोत्सवको रुपमा सञ्चालन गर्न थाल्यौं’ उनले भने ।

महोत्सव माघ ४ गते मध्यरात १२ बजेपछि समापन हुनेछ । महोत्सवमा स्थानीय थारु समुदायकोे कला, संस्कृति झल्किने नाच तथा झाँकीहरु प्रदर्शन गरिन्छ भने खेलकुद प्रतियोगिता पनि गरिन्छ ।
एक सय २५ स्टल रहेको सो महोत्सवमा करिब १० लाख रुपैयाँ खर्च जुटाइएको छ । ७२ घण्टा लगातार सञ्चालन हुने महोत्सवमा नेपालभरका थारु समुदायको उल्लेख्य सहभागिता रहेको साँस्कृतिक संयोजक बुुद्धिराम चौधरीले बताए ।

मेलामा थारु समुदायको संस्कृति झल्कने नृत्यहरु झुँमडा, झर्रा, मयुर नाच तथा मगर संस्कृति झल्कने कौडा, सोरठी नाच लगायत कला संस्कृतिसमेत प्रदर्शन गरिएको छ । मेलामा थारु समुदायका खास परिकार पनि चाख्ने ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment