Comments Add Comment

के बोल्ड बन्दैछिन् वेनिशा ?


चलचित्र ‘झ्यानाकुटी’मा ‘मालती बिष्ट’को भूमिका निर्वाहा गरेकी नायिका वेनिशा हमालले रिलिज हुन लागेको चलचित्र ‘ब्लाइन्ड रक्स’मा दृष्टिबिहिन श्रृष्टी केसीको भूमिका निर्वाहा गरेकी छिन् ।

दुबै चलचित्रमा सामान्य यूवतीको भूमिकामा देखिएकी वेनिशा अहिले सामाजिक संजालमा बोल्ड देखिन थालेकी छिन् । हुनत, पछिल्ला केहि चलचित्रका कार्यक्रममा पनि वेनिशाको पहिरनले त्यो झल्को दिएको थियो ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्बिर बोल्ड छन् । एउटा कुरा सत्य के हो भने, बोल्ड तस्बिरले मिडियामा बढी स्थान पाउने गरेका छन् । सायद, वेनिशाले पनि ढिलै भएपनि यो कुरा वुझेको हुनुपर्छ ।

हामीले वेनिशाको फेसबुकबाट लिएका केहि तस्बिर हेर्दा, उनी हट देखिएकी छिन् । के चलचित्रको पर्दामा पनि वेनिशाले अब आफ्नो बोल्ड शैलीलाई अगाडि बढाउलिन् त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment