Comments Add Comment

दोस्रो टेष्टमा पनि भारत पराजित, सिरिज दक्षिण अफ्रिकाको पोल्टामा

३ माघ, काठमाडौं । दक्षिण अफ्रिकाका तीब्र बलरसामू फेरि एक पटक भारतीय ब्याट्सम्यान फिक्का सावित हुँदा भारतले दोस्रो टेष्टमा १३५ रनको हार व्यहोरेको छ । योसँगै दक्षिण अफ्रिकाले दुई टेष्टको सिरिज क्लिन स्वीप गरेको छ ।

बुधबार भएको अन्तिम दिनको खेलमा जितका लागि २८७ रनको लक्ष्य पछ्याएको भारतले सबै विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो । भारतले ३ विकेटको क्षतिमा बनाएको ३५ रनबाट पाँचौ तथा अन्तिम दिनको खेल थालेको थियो । क्रिजमा चेतेश्वर पुजारा र पार्थिव पटेल थिए ।

भारतीय ब्याट्सम्यानहरुले टिकेर खेल्ने र खेल नजिते पनि बराबरी गर्ने अपेक्षा थियो । तर त्यसो भएन । पुजारा १९ रनमा आउट भए । केहीबेर पछि पटेल पनि १९ रनमा नै पभेलियन फर्किए ।

रोहित शर्माले केही राम्रो शट खेले र ६ चौका र एक छक्काको मद्दतमा ४७ रन बनाए । उनले मोहम्मद शमीसँग मिलेर आठौं विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । शमी २८ रनमा आउट भए । अन्य भारतीय ब्याट्सम्यान भने चल्न सकेनन् । हार्दिक पाण्डे ६ र रविचन्द्रन अश्विन ३ रनमा आउट भए ।

दक्षिण अफ्रिकाबाट पहिलो टेष्ट खेलिरहेका लङ्गी एन्गिडीले शानदार बलिङ गर्दै ६ विकेट लिए । उनले सिहलो पारीमा १ विकेट लिएका थिए ।

यो टेष्टमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा ३३५ रन बनाएको थियो । जवाफमा भारतले विराट कोहलीको १५३ रनको मद्दतमा ३०७ रन बनायो ।

दोस्रो पारीमा दक्षिण अफ्रिकाले २५८ रन बनायो र भारतलाई २८७ रनको लक्ष्य दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment