Comments Add Comment

डिजोनमाथि एपीएसजीको गोल वर्षा, नेयमार एक्लैले गरे ४ गोल

४ माघ, काठमाडौं । लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले डिजोनमाथि गोलको वर्षा नै गरेको छ ।

बुधबार राति भएको खेलमा लिग लिडर पीएसजीले डिजोनमाथि ८-० को फराकिलो गोल अन्तरको जित निकालेको हो । उसका लागि नेइमार एक्लैले चार गोल गरेका थिए ।

घरेलु मैदानमा भएको खेलमा पीएसजीले चौथो मिनेटमा नै डिमारियाको गोलबाट अग्रता लिएको थियो । १५ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे ।

छ मिनेटपछि काभानीले गोल गरे । ४२ औं मिनेटमा नेयमारले गोल गरेपछि पहिलो हाफमा पीएसजीले ४-० को अग्रता लियो ।

दोस्रो हाफमा पनि पीएसजीको रवाफिलो प्रदर्शन कायम राख्यो । ५७ औं मिनेटमा दोस्रो गोल गरेका नेयमारले ७३ औं मिनेटमा हृयाटि्रक पूरा गरे । चार मिनेटपछि एम्बाप्पेले गोल गरे ।

खेलको ८३ औं मिनेटपछि पाएको पेनाल्टीमा नेयमारले गोल गरेपछि पीएसजीले ८-० को जित निकालेको छ ।

जितपछि पीएसजीको २१ खेलबाट ५६ अंक भएको छ र लिगको शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment