Comments Add Comment

ओमविक्रम बिष्टको सहयोगार्थ भर्जिनियामा कार्यक्रम हुने


काठमाडौं । पपसम्राट ओमविक्रम बिष्टको सहयोगको लागि इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) ले आउँदो शनिबार अमेरिकाको भर्जिनियामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

इनासका सचिव कृष्ण श्रेष्ठले अमेरिकामा मिर्गौलाको उपचार गराइरहेका बिष्टको सहयोगार्थ सो कार्यक्रम हुन लागेको जानकारी दिए ।

कार्यक्रममा गायक राम श्रेष्ठ र जगदीश समाललगायतले गीत प्रस्तुत गर्नेछन् भने सरोज खनाल, किरणप्रताप केसी, निशा अधिकारी, रिमा बिश्वकर्मालगायतका कलाकारहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment