Comments Add Comment

खुमबहादुरले देउवालाई भने- प्रदेश ५ को राजधानी सच्याउनुस्

दीपक गिरी भन्छन्- केन्द्रीय समितिमा कुरा उठाउँछु


४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले प्रदेश पाँचको राजधानी रुपन्देही तोक्ने निर्णय तत्काल सच्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य उपचारको लागि नयाँदिल्लीमा रहेका खड्काले बुधबार नै प्रधानमन्त्री देउवालाई टेलिफोन गरी निर्णय सच्याउन भनेको खड्काका स्वकीय सचिव चुडामणि कँडेलले जानकारी दिए ।

कँडेलका अनुसार प्रदेश प्रमुख र प्रदेश राजधानी तोकिएको जानकारी पाएलगत्तै खुमबहादुर दिल्ली बसाइ छोट्याएर बिहीबार काठमाडौं फर्किंदैछन् । ‘उहाँ (खुमबहादुर) आइतबार आउने कुरा थियो, तर यो निर्णयले आजै आउँदै हुनुहुन्छ,’ कँडेलले भने ।

गृहजिल्ला दाङ रहेका कांग्रेस नेता खुमबहादुर र दीपक गिरीले आजबाट सुरु केन्द्रीय समिति बैठकमा पनि देउवाको ध्यानाकर्षण गराउने बताएका छन् । गिरीले भने, ‘पार्टीमा सल्लाह नगरी निर्णय भएकाले बैठकमा जोडदाररुपले कुरा उठाउँछु ।’

दाङलाई प्रदेश राजधानी तोक्ने विषयमा नयाँ जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग समन्वयकारी भूमिका नहुँदा सरकारलाई दबाव नपुगेको गिरीको भनाइ छ । ‘हामीबीच सरसल्लाह नै नहुनुको कारण यस्तो भयो,’ उनले भने, ‘राजधानी दाङलाई बनाउनुपर्छ भन्ने कुरामा एकीकृत दबाव आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment