Comments Add Comment

साँफे-मार्तडी राजमार्ग तीनदिन बन्द

४ माघ, बाजुरा । साँफे–मार्तडी राजमार्ग अन्तर्गतको बूढीगंगा नगरपालिका–१, अम्कोटेमा रहेको सडकखण्ड आजदेखि तीन दिनका लागि सडक बन्द हुने भएको छ ।

सडक निर्माणका क्रममा सडकको छेउ र माथिपट्टि रहेका ढुंगा फुटाउनुपर्ने भएकाले सडकमा आवतजावत गर्ने सवारीका साधनमा रोक लगाइएको पी.एस कन्सट्रक्सन कम्पनीका प्रेमबहादुर थापाले बताए।

उहाँले सडकमा रहेको ढुंगा नफुटाउँदा वर्षायाममा सडकमा आउने हुँदा ढुंगा फुटाउनुपर्ने बाध्यता रहेको बताए । ढुंगा फुटाउने क्रममा विभिन्न दुर्घटना हुने भएकाले सार्वजनिक सूचनामार्फत यातायात व्यवसायी, स्थानीय लगायतलाई जानकारी गराएको थापाले जानकारी दिए ।

सडक निर्माणमा बाधा नपुर्याउन सबैमा कम्पनीले आग्रह गरेको छ । सडक निर्माणमा बाधा भएमा कम्पनी जिम्मेवार नहुने थापाको भनाइ रहेको छ ।

मार्तडीसम्म चल्ने सवारीका साधन बूढीगंगा नगरपालिकाको बल्देमा मात्र चल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment