Comments Add Comment

वर्षमा एकपटक मात्र नुहाएको भन्दै पत्नीसँग डिभोर्स !

लोग्नेस्वास्नीबीच डिभोर्स गर्नाका पनि अनेक कारण हुँदा रहेछन् । हालै ताइवानमा एकजना मानिसले आफ्नी पत्नीसँग डिभोस गरेका छन् र डिभोर्स गर्नुको कारण चाहीँ अत्यासै लाग्दो छ । ती पुरुषका अनुसार उनकी पत्नीले वर्षदिनमा एकपटक मात्र नुहाउँदी रहिछिन् र स्वास्नीको फोहोरी बानीकै कारण उनले डिभोर्स गर्नुपरेको दाबी गरेका छन् ।

पत्नीको फोहोरी बानीका कारण आफू मानसिक रुपमा प्रताडित भएको भन्दै उनले स्थानीय न्यू ताइपेइ जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए र अदालतले उनको निवेदनमा फैसला गर्दै डिभोर्स हुने निर्णय गरेको छ ।

निवेदक पुरुषको नाम चाहिँ खुलाइएको छैन ।

पत्नीको फोहोरी बानीकै कारण आफूहरुबीच सेक्ससमेत हुन नपाएको भन्दै ती पुरुषले श्रीमतीको नुहाएको बेला वर्षको एकपटक मात्रै आफूहरुबीच सेक्स हुने गरेको दुखेसो गरेका छन् । पत्नीको फोहोरी बानीकै कारण बिहे गरेको लामो समयसम्म पनि आफूहरुका बच्चाबच्ची नभएका उनको दाबी छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment