Comments Add Comment

चोरी भएका २७ लाखको गरगहनासहित चार जना पक्राउ

४ माघ, सप्तरी । छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलमा चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । करिब २७ लाख रूपैयाँको सुनचाँदीको गहनासहित उनीहरु पक्राउमा परेका हुन् ।

पक्राउ पर्नेहरुमा राजविराज नगरपालिका–४ का मुरलीकुमार साह, छिन्नमस्ता गाउँपालिका–५ का सन्तोषकुमार साह सुनार, सोही स्थान निवासी शत्रुधन साह सुनार, वडा नं ४ महेश यादव रहेको प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले बताए ।

उनीहरुको साथबाट काँडाबाला हसुली दुई थान, काँडावाला चुरी दुई थान, काँडावाला चुरा दुई थान, बच्चाले लगाउने काँडाबाल चुरी आठ थान, बच्चाले लगाउने सादा चुरा १२ थान, महिलाले लगाउने पञ्चक पाँच थान, विभिन्न नमूना र आकारका बाला सात थान, पायल १६ थान र २० थान दुईहारे सिक्री बरामद गरिएको छ ।

यसैगरी पाउजु ५१ थान, ब्रासलेट १२थान, सिक्री थान ४५, चुरी ठूलो एक सानो २ थान, काटिएको बेरुवा एक थान , औंठी ४९ थान, बिच्छी ४२ थान , चकती १७ थान, गणेश भगवानको मूर्ति एक थान, सिन्दूर क्याप एक थानलगायतका सिक्का तथा सुनचाँदी तौल गर्ने औजारसमेत बरामद गरिएको छ ।

त्यस्तै चोरी भएको रकमबाट खरिद गरिएको ना ४९ प १९०७ नम्बरको टिभिएस मोटरसाइकलसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment