Comments Add Comment

काजकिस्तानमा गुडिरहेको बसमा अागलागी हुँदा ५२ जनाको मृत्यु

४ माघ, काठमाडौं । काजकिस्तानको उत्तर पश्चिम क्षेत्रमा गुडिरहेको बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।

त्यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयका अनुसार ६ जनाको उद्दार गरिएको छ । स्थानीय समय अनुसार बिहीबार विहान साढे १० बजे दुर्घटना भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार बसमा उज्बेकिस्तान र रसियाका नागरिकहरु रहेका थिए । तर सरकारले भने उनीहरु कहाँका नागरिक हुन् भन्ने नखुलेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment