Comments Add Comment

सिन्धुपाल्चोकमा जीप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

४ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

तातोपानीबाट बाह्रबिसे अउँदै गरेको ना१ख ९९५० नं. को जीप सोही सडकखण्डको सखुवामा दुर्घटना हुँदा गोमा तामाङको मृत्यु भएको हो । जीप सडकबाट तल खसेको जनाइएको छ ।

दुर्घटनामा मानेश्वराका आशा लामा, ठाकुरप्रसाद नेपाल ,  डोल्मा तामाङ,   करुण तामाङ , लब लामा र कुस लामा घाइते भएका छन् ।

उनीहरूलार्इ उपचारको लागि धुलिखेल ल्याइएको छ । घाइतेमध्ये पाँच जना धुलिखेल अस्पतालमा रिफर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment