Comments Add Comment

जिल्ला फुटवल संघमा महेश श्रेष्ठ निर्वाचित

४ माघ, इलाम । जिल्ला फुटबल संघ इलामको छैटौं अधिवेशनले महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा बिक्रम श्रेष्ठ, मणिकुमार गुरुङ र महानन्द भक्तराज चयन भएका छन् । महासचिवमा रजत खड्का र कोषाध्यक्षमा सुवास राई, सदस्यमा निरोज खड्गी, ज्ञानबहादुर राई, दिपेश गुरुङ, विरेन देवान, चिरञ्जीवि निरौला, सेवक देवान, आस्था श्रेष्ठ, विजयकुमार सुब्बा चयन भएका छन् ।

जिल्ला फुटबल संघको छैटौं अधिवेशनको अवसरमा तीन जना पूर्व खेलाडीहरुलाई सम्मान गरिएको छ । सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीहरु इलाम नगरपालिकाका प्रमुख समेत रहेका महेश बस्नेत, इलाम नगरपालिका वडा नं. ७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राईलाई सम्मान गरिएको हो ।

उनीहरुलाई पूर्वाञ्चल क्षेत्रीय फुटबल समितिका अध्यक्ष जलकुमार गुरुङले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment