Comments Add Comment

गाउँकै दिदी बहिनीबाट अपहरणमा परेँ: किरण केसी

अहिलेका चर्चित हास्य कलाकार किरण केसी सबैको भलो चिताउँछन् । तर, वाल्यकालमा उनी निकै बद्मास थिए । किरणकै भाषामा भन्ने हो भने उनी ‘महाबद्मास’ थिए । किरणको बाल्यकाल, उनकै शब्दमाः

मलाई सानोमा ‘भैया’ भन्थे । अहिले पनि इमाडोलका मेरा पुराना साथीहरु मलाई भैया भनेर बोलाउँछन् । भैया भनेर मलाई माया गरेको रे । आमाले भन्नुभए अनुसार म सारै ‘क्युट’ थिएँ र गाउँका दिदी बहिनी आएर मलाई ‘अपहरण’ गरेर लान्थे । भन्नुको मतलब, दिनभरि आफ्नो घरमा राखेर बेलुका हाम्रो घरमा ल्याइदिन्थे ।

मेरी आमाले १३ सन्तान जन्माउनुभयो । म १३ मध्ये कान्छो छोरो । मैले १३ वर्षसम्म आमाको दुध खाएको छु । बाबा आर्मीको कर्णेल हुनुहुन्थ्यो । म बासँग त्यति नजिक भइन । किनकी म बद्मास थिँए ।

सानोमा मैले बद्मासी गर्न बाँकी केही राखीन । काँक्रो भोगटेदेखि बाको पैसासम्म चोरियो । चोरी कहिल्यै योजना बनाएर गरिन । साथीहरुले यसो गरौं भनेपछि खुरुरु गैहाल्थें । सिजन अनुसारका सबै फलफुल चोरेको छु । इमाडोलमा मैले नचोरेको कुनै रुखै छैन भन्दा पनि हुन्छ । अम्बा भोगटे, उखु, कागती, हलुवावेद । जोसुकैको होस् हाम्लाई कसैले दिन पर्दैनथ्यो,  बोटमा देखेपछि चोरेर खाइहाल्थ्यौं ।

स्कुलमा म सबभन्दा खराब विद्यार्थी । सँधै लास्ट बेन्चमा बस्थें । कहिल्यै होमवर्क गरिन् । होमवर्क नगरेवापत पिटाई त कति हो कति । कान समात्ने, उठबस गर्ने र पिटाइखाने खालका उपद्रो त दिनदिनै गर्थें ।

चिनकाजी भन्ने एकजना सर हुनुहुन्थ्यो । उहाँ सारै पिट्नुहुन्थ्यो । मलाई रिस उठिराथ्यो । शायद २०४२ सालतीर हुनुपर्छ । एकदिन सर साइकलमा आउदैहुनहुन्थ्यो । मलाई देखेपछि साइकल रोक्नु भो । मैले उहाँलाई घचेटेर लडाइदिएँ अनि साइकलको हावा फुस्काएर भागेँ । १० वर्षअघि सरसँग भेट भएको थियो । उहाँले मेरो निकै प्रसंसा गर्नु भो, लाजै लाग्ने गरि । मैले भने साइकलको हावा फुस्काएको बिठयाईं सम्झीएँ ।

स्कुलमा म सबभन्दा खराब विद्यार्थी । सँधै लास्ट बेन्चमा बस्थें । कहिल्यै होमवर्क गरिन् । होमवर्क नगरेवापत पिटाई त कति हो कति । कान समात्ने, उठबस गर्ने र पिटाइखाने खालका उपद्रो त दिनदिनै गर्थें ।

मामाघर बुढानीलकण्ठमा थियो । मामाघर पुग्नेबित्तिकै अम्बाको रुखमा पुगीहाल्थें । मामाघर छेउमै उखुवारी थियो । फुत्तै पुग्थें । उखु खाँदा मुख दुखेर घाउ नै हुन्थ्यो ।

पैसाको कुरा गर्नुहुन्छ भने जग्गै किन्न पुग्ने पैसा चोर्थें । १०/२०/१०० त कति चोरेँ कति । एक पटक एकहजार रुपैयाँ चोरेर तीन जना साथीसहित पाटनको अशोक हलमा पुगेँ । राजकुमारको फिल्म हेरेर छोएला, कचीला, के के हो के अघाउन्जेली खाएर आएँ । घरमा मैले पैसा चोरेको थाहा भैसकेछ । आउने बित्तिकै मेरो गोजी छाम्नु भो । ९८५ रुपैंया बाँकी रहेछ । १५ रुपैंयामा सारा खर्च पुगेछ ।

हाम्रो पालामा दसैंमा टीका लगाएर २/३ रुपैंया दिनुहुन्थ्यो । थोरै दिए जस्तो लागेन । किनकी म लोभी चाँहि थिइन् ।

कान्छो छोरो भएर होला निकै छुच्चो थिँए । दाई दिदीहरुले पनि उत्तिकै कुट्थे । त्यही भएर होला बलियो थिएँ । दिनमा १० किलोमिटर त पाङ्ग्रा दौडाएर हिँडथे ।

म नाँच्न भनेपछि हुरुक्कै हुन्थे । रत्यौली, भजन, नारानपूजा लगायतमा मादल बजेको सुन्नै हुन्न थ्यो । दगुरेर पुग्थेँ र विचमा नाँचीहाल्थेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment