Comments Add Comment

पशु निर्देशनालयमा प्रदेश प्रमुख बस्ने

५ माघ विराटनगर । प्रदेश १ को मुकाम विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्नका लागि भवन खोजी सुरु भएको छ ।

नवनियुक्त प्रदेशप्रमुखले शुक्रबार साँझ राष्ट्रपति समक्ष सपथ लिनेछन् । प्रदेश १ को प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा नियुक्त भएका छन् ।

सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालयमा राखिने तयारी छ । प्रदेश प्रमुखको आवास पनि त्यही कार्यालयमा बनाइनेछ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्रिय पशु निर्देशनालय हुने बताए ।

तर, प्रदेशसभा वैठक कहाँ बस्ने अझै तय भएको छैन । जिल्ला समन्यवय समितिको कार्यालय वा वीरेन्द्र सभागृहमध्ये एक कार्यालयलाई पदेशसभा बैठक स्थल बनाइने पौडेलले जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य र विराटनगर महानगरपालिकाको समन्वयमा यो तय हुने गरिनेछ । पौडेलले भने, ‘केन्द्रबाट कुनै रकम आएको छैन । तत्काललाई कार्यालयको आन्तरिक स्रोत परिचालन गरी आवश्य मर्मत सम्हार गरिनेछ ।’

सहरी विकास मन्त्रालयको टोलीले यसअघि विराटनगरमा उपलब्ध विभिन्न १२ वटा सरकारी कार्यालयमा मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मन्त्रीहरुको आवास राख्न सकिने सिफारिस गरेको थियो ।

विराटनगरमा रहेका कार्यालयहरु मर्मतका लागि २१ करोड लाग्ने अध्ययन टोलीको अनुमान छ ।

अध्ययन समितिले क्षेत्रीय कृषि निर्देशनालयलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाउन तथा विरेन्द्रसभा गृहलाई प्रदेशसभा बैठक हलको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment