Comments Add Comment

अष्ट्रेलिया र श्रीलंकाका राजदूतले उपराष्ट्रपतिलाई पुनलार्इ भेटे

५ माघ, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग नेपालका लागि अष्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा-छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले दुवै राजदूतसँगको भेटमा नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

उनले अष्ट्रेलियाका राजदूतसँगको भेटमा अष्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिले ५७ वर्षपछि पहिले औपचारिक रुपमा स्थापित नेपाल र अष्ट्रेलियाको सम्बन्ध अहिले सांस्कृतिक, सामाजिक हुँदै जनस्तरसम्म प्रगाढ बनेको बताए ।

उपराष्ट्रपतिसँगको भेटमा अष्टे्रलियाका राजदूत पिटर बडले विश्वकै सुन्दर देश नेपालसँगको सम्बन्धलाई अष्टे्रलियाले अझै बलियो बनाउन चाहेको बताएका थिए । उनले नेपालमा लगानीका लागि अष्टे्रलियाको नीजि क्षेत्रलाई सरकारले प्रोत्साहित गरिरहेको बताए ।

उपराष्ट्रपतिले श्रीलंकाका राजदूतसँगको भेटमा श्रीलंकाका राष्ट्रपतिको छिट्टै नेपाल भ्रमण हुने आशा गर्दै स्वागतका लागि नेपाली जनता आतुर रहेको बताए । उनले श्रीलंकासँग नेपालको व्यापार घाटा बढ्दो रहेको उल्लेख गर्दै सन्तुलनमा ल्याउन दुवै देशले पहल गर्नुपर्ने बताए ।

उपराष्ट्रपतिसँगको भेटमा श्रीलंकाका राजदूत डब्लु एस परेराले आफ्नो देशका राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने बताए ।
दुई देशबीचको सम्बन्ध घनिष्ठ रहेको र श्रीलंकाका राष्ट्रपतिको भ्रमणपछि झनै घनिष्ठ हुने विश्वास व्यक्त गरे ।

उनले श्रीलंकाका वुद्धिष्ठहरुका लागि नेपाल आस्थाको केन्द्र रहेको उल्लेख गर्दै वाषिर्क ५० हजार श्रीलंकालीले लुम्बीनीको भ्रमण गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment