Comments Add Comment

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझायो परिणाम

५ माघ, काठमाडौं । निर्वाचन आयोगले सातवटै प्रदेशबाट निर्वाचित सांसदहरुको विवरण प्रदेश प्रमुहरुलाई बुझाएको छ ।

प्रत्यक्षतर्फबाट निर्वाचित ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २२० गरी ५५० जना प्रदेश सांसदको विवरण सम्बन्धित प्रदेश प्रमुखलाई बुझाएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सांसदहरुको नतिजा सरकारले प्रदेश प्रमुख तोकेकै दिन बुधबारमात्रै घोषणा गरेको थियो । उनीहरुले शुक्रबार निर्वाचन आयोगमा प्रमाणपत्र बुझेका छन् ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (८) र दफा ६२ मा आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ ।

प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मंसिर २७ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सदस्यहरूको निर्वाचन परिणाम माघ ३ गते आयोगले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment