Comments Add Comment

राष्ट्रियसभा निर्वाचनपछि मात्र चुनावको समिक्षा गर्ने कांग्रेसको निर्णय

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनपछि मात्र आम चुनावको समिक्षा गर्ने भएको छ ।

शुक्रबार सकिएको केन्द्रीय कार्यसमितिको बैठकले आगामी बैठकको चुनावको समिक्षा गर्ने निर्णय गरेको हो । राष्ट्रियसभा निर्वाचन माघ २४ मा हुँदैछ ।

निर्वाचन समिक्षा बैठकमा प्रस्तुत गर्नका लागि पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समिक्षा तथा निर्णयसहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारले एक महिनाभित्र लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिएको छ ।

साथै केन्द्रीय कार्यसमितिमा आएका सुझावहरुलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकाहरुलाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment