Comments Add Comment

भारतले डोक्लाममा पाठ सिक्यो होलाः चीन

६ माघ, काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले भनेको छ कि डोक्लाम चीनको भूमि हो र त्यहाँ निर्माण भइरहेको सडक जायज छ ।

चीन र भारत गत वर्ष डोक्लाम विवादमा आमनेसामने भएका थिए । केही दिनको तनावपछि समाधान भएको मानिएको थियो । तर, अहिले फेरि डोक्लाम चर्चामा आएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले डोक्लाम चीनको भूमि भएको भन्दै त्यहाँ सडक बनाउनु जायज भएको बताए ।

हालै सञ्चार माध्यमहरुमा स्याटलाइटबाट लिइएको तस्वीर छापिएको छ, जहाँ चीनले विवादास्पद क्षेत्र नजिकै ठूलो सैन्य कम्प्लेक्स नै बनाएको देखिएको बीबीसीले जनाएको छ । जहाँ निर्माण कार्य चलिरहेको छ, त्यो ठाउँ डोक्लामको त्यही ठाउँबाट नजिकै छ, जसलाई लिएर गत वर्ष भारत र चीनको सेना आमनेसामने भएका थिए ।

यद्यपि भारतीय विदेश मन्त्रालयले पनि डोक्लामको विवादित क्षेत्रमा केही नभएको बताएको छ ।

शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता लू काङले भने, डोक्लाम चीनको भूमि हो र सँधै चनिको अधिकार क्षेत्रमारहेको छ । यसमा कुनै सन्देश छैन ।’

त्यहाँ बस्ने मानिस र सैनिकका लागि सडक बनाइएको भन्दै उनले यो पूर्वरुपमा बैध भएको बताए । भने, ‘यदि भारतले आफ्नो इलाकामा कुनै निर्माण कार्य गर्छ भने तीनले कुनै टिप्पणी गर्दैन । हामी अपेक्षा गर्छौं कि चीनको जायज गतिविधिमा अन्य देशले अनावश्यक टिप्पणी गर्दैन ।’

७३ दिनसम्म दुई देशका सेना आमने सामने भएपछि अगस्टको अन्तिममा भारत र चीन डोक्लामबाट सेना फिर्ता बोलाउने सहमति गरेका थिए ।

तर, अहिले फेरि डोक्लाम चर्चामा छ र फेरि दुई देशबीच तनाव बढ्ने त होइन भन्ने चिन्ता व्यक्त भएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने भारतीय सैनिक गैरकानुनीमा रुपमा प्रवेश गरेपछि विवाद भएको भन्दै भने, ‘आशा गर्छौं कि भारतले यसबाट पाठ सिक्यो होला र यसको पुनरावृत्ति हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment