Comments Add Comment

नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी

६ माघ, महोत्तरी । महोत्तरीको विभिन्न सीमानाका हुँदै पछिल्लो समय पेट्रोलियम पदार्थको तस्करी बढेको छ । जिल्लाको जलेश्वर , भिठ्ठामोड, मटिहानी, सुगा, सम्सि, गौशाला ,रामगोपालपुर क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको तस्करी बढेको हो ।

महोत्तरीमा राजश्व तथा भन्सार सुरक्षा गुल्म जलेश्वरले ठूलो परिमाणको पेट्रोलिय पदार्थ बरामद गरेपछि त्यस्तो रहस्य बाहिर आएको हो । भन्सार सुरक्षा गुल्मले विशेष सूचनाको आधारमा चलाएको अप्रेसनमा आज शनिबार मात्रै ४२० लिटर पेट्रोलियम पदार्थ डिजल बरामद गरेको छ । भारत र नेपाली बजारमा पेट्रोलियम पदार्थको मुल्यअंतर पर्दै जादा सिमा नाका हुँदै पेट्रोलियम पदार्थ(डिजल)को तस्करी बढेको हो ।

४२० लिटर डिजल महोत्तरीको मटिहानीको विभिन्न साना-साना तस्करी नाका सुगाको  बिसमपुर इलाका क्षेत्रबाट नेपाली भूमीतर्फबाट भारततर्फ तस्करी भएको भन्दै सोही क्षेत्रबाट भन्सार गुल्मले बरामद गरेको हो ।

साइकलमा साना पलास्टिकको ग्यालिनमा डिजल तस्करी हुने गरेको छ । साइकलबाट  तस्करी भैरहेको सूचनाको आधार भन्सार गुल्म पुग्दा तस्करहरु डिजल छोडी भारततर्फ लुक्न गएका थिए ।

भारतमा पेट्रोलियम पदर्थ डिजल ६२ देखि ६६ रुपैयाँ भारु सम्म पर्ने गर्छ, जसको नेपाली मूल्य ९६ रुपैयाँ देखि १०५ रुपैयाँ हुन आउँछ । भारतमा प्रान्त अनुसार मूल्य फरक फरक रहेको छ ।

नेपाली बजारमा पेट्रोलियम पदर्थ डिजल ७८.५० रुपैयाँ रहेको छ । बरामद गरिएको डिजल जिल्ला भन्सार कार्यालय महोत्तरी भिठ्ठामोडमा बुझाइएको छ । नेपालको सीमा नाकाबाट विभिन्न बहानामा नेपाल भित्रिने सानाठूला सवारी साधनले समेत तस्करि गर्ने गरेको सिमा नाकामा पेट्रोलियम पदार्थको बिक्रेताहरुले बताएका छन् ।

एउटै नम्बरको भारतीय गाडी फरक-फरक चालकहरुले चलाएर २ देखि ३ घन्टाको फरकमा पेट्रोलियम पदार्थ हाल्न आउने गरेको पेट्रोलियम बिक्रेताहरुले बताएका छन् ।

महोत्तरीबाट दैनिक जसो पेट्रोलिय पदार्थको तस्करी बढ्दा नेपाली बजारमा कृतिम अभाव सिर्जना हुने गरेको छ भने नेपाली उपभोक्ता सिमानाकातर्फ गएर महँगो मुल्यमा पेट्रोलिय पदार्थ खरिद गर्नुपरेको जलेश्वरका उपभोक्ताहरुले बताएका छ्न् । यस्तो तस्करी बढ्दा बजार प्रभाव परि अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्ने पेट्रोल पम्प संचालकहरुले बताएका छ्न् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment