Comments Add Comment

गाडी चढेर आइपुगे प्रदेश ७ का प्रमुख, सपथ २ बजे

७ माघ, कैलाली । शनिबार अपरान्ह काठमाडौंबाट गाडी चढेर धनगढीतर्फ आएका प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल आइपुग्न ढिला भएपछि सपथको समय सारिएको छ । विहान ११ बजे राखिएको सपथ प्रदेश प्रमुख आउन ढिलाइ भएपछि दिउँसो २ बजेलाई सारिएको हो ।

मौसम खराब भएपछि विमानबाट आउन सम्भव नभएपछि प्रदेशप्रमुख मल्ल शनिबार अपरान्ह ४ बजे सरकारी जीप चढेर धनगढीतर्फ आएका थिए । प्रदेशप्रमुख मल्ल कैलाली जिल्ला प्रवेश गरेपछि बौनिया र सोख्खडमा स्वागत भएको छ ।

स्थानीय वासिन्दाले उनलाई फूलमाला र अबीरले स्वागत गरेका हुन् । बोनियामा स्थानीयको स्वागतपछि प्रदेशप्रमुख मल्लले भने ‘तपाईहरुकै माया, स्वागत र सद्भावले म प्रदेश प्रमुख भएको हुँ ।

गाडीबाट आउँदा अप्ठेरो त भएन भन्ने अनलाइनखबरको प्रश्नमा प्रदेश प्रमुख मल्लले भने ‘आउनैपर्ने भयो, मौसम खराब भएपछि गाडीबाटै आएँ, सँधै हिडिरहेको हुँ, खासै कठिनाइ भएन ।’

प्रदेश प्रमुख मल्ललाई कैलालीको सुख्खडमा पनि स्वागत गरिएको छ । उनी प्रदेशको अस्थायी मुकाम धनगढी पुग्न करिब ५० किलोमिटर बाँकी छ । धनगढी पुगेपछि उनी सुरुमा कार्यालय जानेछन् भने त्यसपछिमात्रै सपथ ग्रहणस्थलमा जानेछन् ।

धनगढीको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई प्रदेशप्रमुखको कार्यालय बनाइएको छ । सपथ समारोह भने जिल्ला समन्वय समितिको कार्यालयमा आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment