Comments Add Comment

उपेन्द्र यादवलाई प्रवेश निषेध भन्दै घण्टाघरमा प्रदर्शन

७ माघ, वीरगञ्ज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विरोधमा वीरगञ्जमा कालो झण्डासहित प्रदर्शन गरिएको छ ।

प्रादेशिक राजधानीको माग गर्दै आन्दोलनरत संघर्ष समितिले यादविरुद्ध कालो झण्डासहित प्रदर्शन गरेको हो ।

संघर्ष समितिको शनिबार बसेको बैठकले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन असहयोग गर्ने नेताहरुलाई वीरगञ्ज प्रवेश निषेध गर्ने निर्णय गरेको थियो ।

नेता उपेन्द्र यादव वीरगञ्ज महानगरपालिकाको प्रथम नगर सभाको उद्घाटनका लागि वीरगञ्ज आएका हुन् । यादवको विरोधमा नाराबाजी गर्दै घण्टाघरमा प्रदर्शन भएपनि नेता यादव भने अर्को बाटो हुँदै नगरसभा स्थल ‘टाउन हल’ पुगेका छन् ।

विरोधमा प्रदर्शन हुने पूर्वसूचना पाएका कारण नेता यादवलाई वीरगञ्जको मुख्य सडकबाट नभई सहायक बाटो हुँदै नगरसभा स्थलमा पुर्‍याइएको फोरमका नेताहरुले बताएका छन् ।

फोरमका नेता कार्यकर्ताहरुले भने यादवको समर्थनमा वीरगञ्जको मुख्य सडकमै मोटरसाईकल र्‍याली निकालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment