Comments Add Comment

प्रदेश ५ः पोखरेल एमाले संसदीय दलको नेता चुनिए

७ माघ, बुटवल । नेकपा एमाले प्रदेश ५ को संसदीय दलको नेतामा शंकर पोखरेल चुनिएका छन् ।

पोखरेल भावी मुख्यमन्त्री हुन् । उनलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् र यो प्रदेशमा वाम गठबन्धनको बहुमत छ ।

प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले आइतबार बुटवलमा सपथ लिएका छन् । सपथ लगतै एमाले प्रदेशसभा संसदीय दलको बैठक बसेको थियो, जसले स्थायी कमिटी सदस्य पोखरेललाई नेता चयन गरेको छ ।

बैठकमा पोखरेलले प्रदेश ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment