Comments Add Comment

बिर्तामोड नगरपालिकाको बजेट ७३ करोड

७ माघ, झापा । जिल्लाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने भएको छ ।

आइतबारदेखि भएको प्रथम नगर परिसद्मा मेयर ध्रुवकुमार शिवाकोटीले शिशुको स्वास्थ्य सुधारका लागि निःशुल्क चक्की वितरण कार्यक्रम सार्वजनिक गरे ।

उनले आर्थिक वर्ष ०७४/०७५ का लागि ७३ करोड ४६ लाख ३० हजार ४ सय ६१ रुपैयाँ बराबरको बजेट विवरण समेत सार्वजनिक गरे ।

सोही अवसरमा मेयर शिवाकोटीले केही नीति तथा कार्यक्रम समेत सार्वजनिक गरे । उनले विर्तामोड क्षेत्रमा नक्सा पास गरी घर निर्माण गर्दा घर परिसरमा २ वटा विरुवा अनिवार्य रोप्नु पर्ने उल्लेख गरे ।

उनले नगरलाई विषादिमुक्त बनाउने अभियान पनि कार्यक्रमभित्र समेटिएको बताए ।

जसका लागि मासु, डेरी, भेटेनरी र औषधि पसलको अनुगमन तथा पशु आहार अन्तरगत डाले घासको रोपणलाई प्राथमिकता दिने नीति रहेको बताए ।

अदुवा खोला लगायतको बिपद् ब्यबस्थापनका लागि ६८ लाख रकम बिनियोजन गरिएको बजेट विवरणमा उल्लेख छ ।

साथै, फोहरमैलाको व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइटको व्यवस्थापनदेखि नगर क्षेत्रमा रहेका सामुदायिक वन, पार्क र पोखरीहरुलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कार्यक्रम समेटिएको छ ।

नगरको आव ०७४/०७५ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रममा उपमेयर पबित्रा महतारा प्रसाईंले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment