Comments Add Comment

प्रदेश ७ को सपथमा दुई सांसद अनुपस्थित

माघ ७, कैलाली । प्रदेश ७ का प्रदेश सांसदले आइतबार सपथ लिएका छन् । विहान ११ बजे हुने भनिएको सपथ कार्यक्रम प्रदेशप्रमुख मोहनराज मल्ल आइपुग्न ढिलो भएपछि २ बजे सपथ लिएका हुन् ।

मौसममा खराबीका कारण प्रदेश प्रमुख मोटर बाटो हुदै धनगढी आइपुगेका थिए ।

धनगढी आएलगत्तै प्रदेशप्रमुख मल्लले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरे । त्यसपछि सपथ ग्रहण स्थल जिल्ला समन्वय समितिको हलमा पुगेका थिए ।

पद बहालीपछि प्रदेश प्रमुख मल्लले आफुले पाएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश ७ का जनताको माया र साथका कारण आफ्ूले प्रदेश प्रमुखको जिम्मेवारी पाएकोले सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रदेश प्रमुख मल्लले जेष्ठ सदस्य सांसद दिव्येश्वरी शाहलाई सपथ गराए । त्यसपछि शाहले अन्य प्रदेश सांसदहरुलाई पद तथा गोपनीयताको सपथ गराइन् ।

प्रदेश ७ मा प्रत्यक्ष तर्फ ३२ र समानुपातिक तर्फ २१ गरी कुल ५३ जना सांसद रहेका छन् । सपथ कार्यक्रममा दुईजना सांसद भने अनुस्थित भएका थिए । अनुस्थित सांसदमा डोटीका भरत खड्का र समानुपातिकबाट सांसद चुनिएकी चुनकुमारी चौधरी रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

तत्कालका लागि प्रदेश सभा बैठक जिल्ला समन्वय समितिको हलमा नै प्रयोग गरिने बताइएको छ ।

आइतबार धनगढी आउँदै गरेका प्रदेश प्रमुख मल्ललाई बौनियामा रहेकी उनकी माइली आमाले सगुन स्वरुप दही खुवाएर टीका लगाई आशिर्वाद दिएकी थिइन् । मल्ल आउने जानकारी पाएपछि राजमार्गमा रहेको बौनिया र सुखडमा स्थानीले फूलमाला र अबीरले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment