Comments Add Comment

वाटफोर्डका प्रशिक्षक सिल्भा बर्खास्त

७ माघ, काठमाडौं । वाटफोर्डले प्रशिक्षक मार्को सिल्भालाई बर्खास्त गरेको छ । यसको मुख्य कारण दुई महिनाअघि एभर्टनले राखेको प्रस्ताव भनिएको छ ।

वाटफोर्डले पछिल्ला ११ मध्ये एक खेल मात्र जितेको छ र लिगको १० औं स्थानमा छ । शनिबार मात्र लेस्टरसँग २-० ले पराजित भएको थियो ।

वाटफोर्डले आफ्नो वक्तव्यमा भनेको छ कि जब एभर्टनले प्रशिक्षक मार्को सिल्भालाई प्रस्ताव गर्‍यो, त्यसपछि फोकस र रिजल्ट दुबैमा यस्तो गिरावट आएको छ ,जुन क्लबको दीर्घकालीन भविष्यका लागि घातक छ ।’

एभर्टनले प्रस्ताव गर्नुअघि ४० वर्षीय सिल्भाको नेतृत्वमा वाटफोर्डले लिगमा खेलेको ११ मध्ये ४ खेल जितेको थियो भने ३ ड्र र चार हार व्यहोरेको थियो ।

मार्को सिल्भा यो सिजन बर्खास्त हुने पि्रमियर लिगका आठौं प्रशिक्षक हुन् । यो सिजन क्रिस्टल प्यालेस, एभर्टन, लेस्टर सिटी, स्टोक, स्वान्सी, वेष्टब्रोम र वेष्टहृयामले प्रशिक्षक परिर्वतन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment