+
+

एफपीओ जारी गर्न लागेको बुटवल पावरलाई औसत रेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ ८ गते ११:५२


८ माघ, काठमाडौं । ४० लाख ८१ हजार कित्ता नयाँ सेयर (एफपीओ) जारी गर्न लगेको बुटवल पावर कम्पनीले ४ सय १ रुपैयाँ प्रिमियम तोकेको छ । यससँगै प्रतिकित्ता कम्पनीको सेयर मूल्य ५ सय १ भएको छ ।

कम्पनीले माघ १५ गतेबाट एफपीओ जारी गर्ने भएको छ । कम्पनीको सेयरमा छिटोमा माघ १९ र ढिलोमा फागुन १५ गतेसम्म बिक्री खुला हुनेछ । कम्पनीको सेयरमा न्युनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार ४ सय कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको सेयर बजारमा ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड थ्री रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको आधारभुत पक्ष औसत रहेको छ ।

सकारात्मक पक्ष

कुल २१.४ मेगावाटका दुई आयोजना सञ्चालनमा (९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्मरुक आयोजना)

३७.६ मेगावाटको काबेली ए हाइड्रो र ३० मेगावाटको न्यादी हाइड्रो निर्माणधिन

हिमाल पावर लिमिटेडबाट प्राप्त लाभांशको कारण स्थिर आम्दानी कायम गर्न सक्षम

४ वर्ष यता कर्जा भुक्तानीमा उल्लेख प्रगति, वित्तीय सहजता

सन् २०१६ सम्ममा आँधिखोला र झिम्मरुकबाट सम्झौता भएको प्लान्ट लोड फ्याक्टरभन्दा बढि विद्युत् उत्पादन

नकारात्मक पक्ष

५० हजार बढि ग्राहकको लागि आफैले विद्युत वितरण सञ्जाल सञ्चालन, तर यसबाट नाफा हुन सकिरहेको छैन

खिम्ति आयोजनामा ५० प्रतिशत लगानी रहेको हिमाल पावरबाट कम्पनीले पाउदै आएको लाभांश सन् २०२१ देखि २१ बाट गुम्ने, सो स्वामित्व सरकारमा जाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?