Comments Add Comment

‘छक्का पन्जा’को असरः’माग्ने र मुन्द्रे महंगिए, प्रियंकाको स्टारडम घटेन’


चलचित्र ‘६ एकान ६’मा काम गर्दा हाँस्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतलाई चलचित्रको पर्दामा चलिन्छ कि चलिदैन भन्ने नै थाहा थिएन । हाँस्य सिरियलमा एउटा क्रेज बनाएका उनीहरु ठूलो पर्दामा दर्शकले रुचाउँछन् कि रुचाउँदैनन् भन्ने दोसाधमा थिए ।

तर, चलचित्र ‘छक्का पन्जा २’ रिलिजसम्म आइपुग्दा उनीहरुको पिर मात्र हटेको छैन, नेपालकै महंगा कलाकार, निर्माता, निर्देशक समेत बनिसकेका छन् ।
दीपाश्री नेपालकै सबैभन्दा धेरै पैसा कमाउने चलचित्रकी निर्देशक बनिसकेकी छिन् ।

दीपकराज गिरी चलचित्र लेखन, अभिनय, निर्माणमा सफल ठहरिएका छन् । ‘छक्का पन्जा’कै ब्रान्डले हाँस्य सिरियलमा ‘माग्ने बुढा’को नामले परिचित केदार घिमिरे धनाढ्य कलाकार भैसकेका छन् । अर्कोतिर, ‘मुन्द्रे’ नामले परिचित जितु नेपाल महंगो पारिश्रमिक लिने कलाकार भैसकेका छन् ।

नायिका पूजा शर्मा र सुदर्शन थापाले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि केदार घिमिरे १० लाख पारिश्रमिक लिएर अनुवन्धित भएका छन् भने जितु नेपालले ७ लाख पारिश्रमिक लिएका छन् ।

जितु र केदारलाई यति महंगो कलाकार ‘छक्का पन्जा’कै ब्रान्डले बनाएको हो । यता, नायिका प्रियंका कार्की अन्य ब्यानरका चलचित्रमा निरन्तर असफल भएपनि ‘छक्का पन्जा’मा निरन्तर काम गरिरहेकाले चर्चामा छिन् । प्रियंका कार्कीको स्टारडम घटेको छैन । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘बटरफ्लाई’ असफल भएतापनि उनलाई ‘छक्का पन्जा’ले बचाएको छ । सायद, यहि भएरै होला उनी यो ब्रान्डमा आमाको भूमिकामा काम गर्न पनि तयार छिन् ।

एउटा चलचित्र रिलिज हुँदा त्यसले सकारात्मक, नकारात्मक दुबै प्रतिक्रिया पाउँछ । तर, त्यसको पछाडि जोडिएका चलचित्रकर्मी करिअरमा भने धेरै फेरबदल ल्याइदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment