Comments Add Comment

‘मिस नेपाल’का लागि आवदेन खुल्ला


सन् २०१८ का लागि ‘मिस नेपाल’को नयाँ श्रृङ्खलाको घोषणा गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार विलक्षण प्रतिभाशाली यूवतीहरुको चयन गर्ने उद्देश्यका साथ सन् २०१८ को ‘मिस नेपाल’ आयोजनाको घोषणा गरिएको हो । यो बर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ चयन गरिनेछ ।

चार जना यूवतीहरु ‘मिस वल्र्ड, मिसन यूनिभर्स, मिस अर्थ र मिस इन्टरनेशनल’मा सहभागी हुनेछन् । द हिडेन ट्रेजर ‘मिस नेपाल २०१८’को मुख्य प्रायोजन रुसलान एफले गर्नेछ । यस्तै, कलर्स मोबाइल, लिभोनले सह-प्रायोजन गर्नेछन् ।

यो बर्ष नेपालका विभिन्न ८ शहरहरुमा ‘मिस नेपाल’को अडिसन गरिनेछ । विरगञ्ज, विर्तामोड, धनगढी, धरान, चितवन, पोखरा, बुटवल, नेपालगञ्जमा अडिसन हुनेछ । अन्तिम अडिसन भने काठमाण्डौमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अडिसनबाट छनोट भएका अन्तिम प्रतिस्पर्धीलाई ७ हप्ता प्रशिक्षण दिइनेछ । उमेरको हकमा १९ बर्षदेखि २५ बर्षसम्मका यूवतीले फ्रेवुअरी १५, २०१८ सम्म आवदेन सक्नेछन् । बिहे नगरेका, बिबाहको बचन नदिएका, नेपाली नागरिकता र पासपोर्ट भएकाले आवेदन दिन सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । यो शर्त लागू भएको खण्डमा एनआरएनले पनि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment