Comments Add Comment

तिलोत्तमाको दोस्रो नगरसभामा १३ वटा कानुन प्रस्तुत

८ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबार सुरु भएको छ । हिउँदे विधान अधिवेशनको रुपमा लिइने नगरसभामा १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ ।

संघीय सरकारले तयार पारेको कानुनको ढााचालाई आधार मानी तयार गरिएका शिक्षा, सहकारी, कृषि व्यवसाय प्रवर्द्धन, बजार अनुगमनलगायतका विभिन्न ऐन, नियमावली, निर्देशिका नगरसभामा प्रस्तुत गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

नगरसभाको उद्घाटन गर्दै प्रदेश सांसद दधिराम न्यौपानेले आमजनताको पहुँचमा पुग्ने गरी स्थानीय कानुन बनाउन नगरसभा सदस्यहरुलाई आग्रह गरे । अर्का प्रदेश सांसद तुलसी चौधरीले तिलोत्तमाको विकासका लागि बजेट जुटाउन यस क्षेत्रका सबै सांसदहरु एकैं ठाउामा उभिने बताए ।

प्रदेश सांसद रमा अर्यालले सडकको ममर्तसम्भारमा विशेष ध्यान दिन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै विकासका काम प्राथमिकताका आधारमा हुनुपर्ने उल्लेख गरिन् ।

प्रदेशसभाका जेष्ठ सांसद बलदेव शर्मा पोख्रेलले नगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्द्धन अभियानमा सबै नगरबासीले साथ दिनुपर्नेमा जोड दिए । अर्का प्रदेश सांसद डा. कृष्ण न्यौपानेले जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विकासका काम गर्नुपर्ने बताए ।

नगर प्रमुख बासुदेव घिमिरेले हालसम्म भएका कामहरुको प्रतिवेदन पेस गर्दै विकास निर्माणका काममा सबै नगरबासीको एउटै दृष्टिकोण हुनुपर्नेमा नगरपालिका दृढ रहेको बताए ।

‘नगरपालिकालाई विकासका दृष्टिकोणले नमूना बनाउन दत्तचित्त भएर लागेका छौं, विकास/निर्माणका काममा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन र रचनात्मक सुझाव, सल्लाह दिनुहोला’ उनले भने ।

समारोहमा तिलोत्तमा नगरपालिकामा सुरु गरिएका विभिन्न अभियानमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संघ-संस्थाहरुलाई सम्मान गरिएको छ । नगरसभाको अर्को बैठक माघ ११ गते दिउँसो १ बजे बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment