Comments Add Comment

बुटवललार्इ राजधानी बनाएको विरोधमा राजीनामा दिने राज्यमन्त्रीको घोषणा

८ माघ, दाङ । श्रम राज्यमन्त्री डिल्ली चौधरीले पदबाट राजीनामा दिने भएका छन् । राजीनामाका लागि चौधरी अहिले प्रधानमन्त्री निवास जाँदैछन् ।

अस्थायी मुकाम दाङ नतोकेकोमा आक्रोशित चौधरी भर्खरै दाङबाट काठमाडौं पुगेका छन् । अनलाइनखबरसँग कुरा गर्दै चौधरीले आफूले नैतीकताका आधारमा राजीनामा दिन थालेको जानकारी दिए ।

प्रदेशको अस्थायी मुकाम दाङ तोक्ने आधार हुँदाहुँदै प्रधानमन्त्रीले नेताहरुको दबाबमा बुटवललार्इ अस्थायी मुकाम तोकेको चौधरीको आरोप छ ।

दाङबाट प्रदेशसभा सांसदमा निर्वाचित चौधरी देउवाका विश्वासपात्रको रुपमा चिनिन्छन् । ‘प्रधामन्त्रीले गम्भिर गल्ती गर्नुभएको छ’ उनले भने, ‘अब प्रदेशसभाबाट दाङ राजधानीका लागि पहल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment