Comments Add Comment

एक महिनाभित्र निर्माण नथाले भैरहवा सेजका उद्योगको अनुमतिपत्र खारेज


८ माघ, काठमाडौं । सरकारले भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा ओगटेका उद्योगलाई निर्माण सुरु गर्न एक महिनाको समयसीमा दिएको छ ।

सोमबार उद्योग मन्त्रालयमा बसेको सरकारी सरोकारवाला निकायको बैठकले एक महिनाभित्र उद्योगहरुले निर्माण नथाले सेजभित्र सञ्चालनका लागि दिइएको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ ।

सेजमा १९ वटा उद्योगले जग्गा पाउने गरी अनुमति पत्र पाइसकेका छन् । तर, बिजुली नपुगेको बाहना नाएर उनीहरुले उद्योगको निर्माण थालेका छैनन् ।

बिजुली नपुर्‍याइदिएका कारण सेजमा उद्योग चल्न नसकेको आरोप लगाइएपछि विद्युत प्राधिकरणसँग सेजसहित उद्योगीहरुको विवाद भएको थियो ।

त्यसबारे उद्योगमन्त्री सुनीलकुमार थापाले आह्वान गरेको सरोकारवालाको बैठकले बिजुलीका कारण नै उद्योग निर्माण थाल्न सुरु गर्न समस्या नहुने अवस्था नहुने निश्कर्ष निकालेको छ । बैठकमा प्राधिकरणका निर्देशक कुलमान घिसिङले तत्कालै १० मेगावाट जिुली सेजका लागि दिन सकिने अवस्था रहेको बताए ।

सहज अवस्था हुँदा-हँदै सेजमा उद्योग बनाउन नथालिएको नश्किर्ष पछि भोलि नै सेजले उद्योगीहरुलाई एक महिनाको समयसीमा दिएर पत्र काट्ने निर्णय भएको हो ।

अब एक महिनाभित्र उद्योगको निर्माण सुरु नगरे जग्गा फिर्ता लिने निर्णय भएको उद्योग मन्त्रालय स्रोतले जानकारी दियो ।

प्राधिकरणले उद्योग स्थापना भए बिजुली दिन समस्या नभएको भन्दै अनेक आरोप लगाएर आफूहरुलाई दोषारोपण नगर्न भन्दै आएको थियो । सेज पनि उद्योगीकै पक्षमा उभिएपछि मन्त्री थापाले बैठक डाँकेर यो निर्णय गराएका हुन् ।

सेजमा पान मसला तथा सुनका गहना सँगै हर्बल प्रोडक्टस, अदुवा प्रशोधन, प्लाष्टिक बोटल, फेबि्रक स्याक्स, छाला प्रशोधन तथा मासु सम्बन्धी, स्टील वायर, पिभिसी म्याट, पिभिसी रबर, फुटवेयर (जुत्ता), रेडिमेड कपडा (तयारी पोशाक), रबर प्रोडक्ट, हयुम पाईप तथा सिमेन्ट सम्बन्धी, साबुन, जुस लगायतका उद्योग सञ्चालनका लागि जग्गा दिइएको छ ।

सेजमा उद्योग सञ्चालनका लागि सिद्धार्थ गु्रपको ३ वटासहित गोल्छा समुह (हुलास), अरुणखोला बहुउद्देशिय सहकारी संस्था, चेतनशिल मल्टीप्रपोज प्रालि, सुगम नानो हर्वल, किरण सुज म्यानु फ्याक्चर्स (गोल्डस्टार सुज) महेन्द्र कुमार गोयलको वर्न गार्मेन्ट, जगदम्बा समुह, लोहिया गु्रप (श्याम कुमार लोहीया) लगायतले अनुमति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment