Comments Add Comment

‘फेरि फेरि’मा ऋचा र अर्पणको जोडी


चलचित्र ‘फेरि फेरि’को घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कमेडी कथामा बन्ने चलचित्र निर्माणको घोषणा गरियो । सो सममया चलचित्रको निर्माण कम्पनी माता बसुन्धरा मुभिजले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सम्मान समेत गरेको थियो ।

यो चलचित्रमा नायिका ऋचा शर्मा र नायक अर्पण थापाको मुख्य भूमिका रहनेछ । साथमा बिकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला,एलिना बास्कोटा,सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रको छायांकन माघ १८ गतेबाट सुरु हुनेछ । यो चलचित्रलाई नेपालमा पहिलो पटक ३५ सेन्सरयुक्त अत्याधुनिकक प्रबिधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

। निरज थापा निर्माता रहने चलचत्रिमा सुरेश बज्रचार्यको छायांकन, एनबी महर्जनको एक्सन, रामजी लामीछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, बिकास चौधरी र पुरन थापाको संगीत छ । चलचित्रको लेखन, निर्माण र निर्देशन पुरन थापाले गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment