Comments Add Comment

प्रदेश ५ को प्रदेशसभा बैठक दुई दिनभित्र बोलाउने तयारी

फाइल फोटो

१० माघ, दाङ । प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाको पहिलो बैठक आहृवानका लागि दलहरुसँग छलफल शुरु गरेका छन् ।

प्रदेशमा प्रतिनिधित्व गर्ने चारवटा दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाका नेताहरुसँग पहिलो बैठक आहृवानका लागि छलफल गरेको उनले अनलाइनखबरलाई जानकारी दिए ।

‘संविधानतः प्रदेश प्रमुखले बैठक आहृवान गर्ने व्यवस्था भए पनि परिस्थितिलाई थप सहज बनाउन दलहरुसँग आन्तरिक छलफलमा जुटेका छौं,’ उनले भने, ‘बैठकका लागि आवश्यक प्राविधिक तयारी पनि भइरहेको छ ।’

शुक्रबारसम्म प्रदेशसभाको पहिलो बैठकको आहृवान गरिने झाले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचन प्रक्रिया आरम्भ भइसकेकाले दुईवटै कार्यक्रम नजुध्ने गरी बैठकको आहृवान गरिने उनले बताए ।

प्रदेशसभाको पहिलो बैठक वुटवलस्थित उद्योग वाणिज्य संघकै हलमा बस्नेछ । अहिले प्रदेश प्रमुख र प्रदेश सांसदको सचिवालय पनि उद्योग वाणिज्य संघकै भवनमा रहेको छ ।

‘सरकारले अस्थायी मुकाम तोके अनुसार पहिलो बैठक बस्नको लागि उद्योग वाणिज्य संघकै हल उपयुक्त देखिएको छ,’ उनले भने, ‘उद्योग वाणिज्य संघभित्र बैठकका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तयारीको काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment