Comments Add Comment

जाँदाजाँदै कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति

फाइल फोटो

१० माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले जाँदाजाँदै १५ जना कार्यकर्तालाई राजनीतिक नियुक्ति दिलाएका छन् । दिलनाथ गिरीलाई हटाएर शहरी विकास मन्त्रालय आफैं लिएका थापाले बिभिन्न १५ नगर विकास समितिको अध्यक्षमा राप्रपा कार्यकर्तालाई नियुक्त गरेका हुन् ।

थापाले कपिलवस्तुको शिवराज नगर विकास समितिको अध्यक्षमा बालाराम बुढालाई नियुक्त गरेका छन् । त्यस्तै डोटीको दिपायल सिलगडी नगर विकास विकास समितिको अध्यक्षमा अशोककुमार सोवलाई नियुक्त गरिएको छ ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार डोटीकै शिखर नगर विकास समितिको अध्यक्षमा लोकेन्द्रबहादुर अधिकारी र कैलालीको गौरीगंगा नगर विकास समिति अध्यक्षमा कृष्ण देउवालाई मनोनित गरिएको छ ।

रुकुमको आठविसकोट नगर विकास समितिको अध्यक्षमा जनक बटाला, प्युठानको स्वर्गद्वारी नगर विकास समिति अध्यक्षमा दुर्गा रेग्मी र बैतडीको पुर्चौंडी नगर विकास समितिको अध्यक्षमा मदनबहादुर विष्ट नियुक्त भएका छन् ।

त्यस्तै रुपन्देहीको तिलोत्तमा नगर विकास समिति अध्यक्षमा बेलप्रसाद शर्मा, नवलपरासीको सुनवल नगर विकास समिति अध्यक्षमा सूर्यप्रसाद न्यौपाने र दैलेखको दुल्लु नगर विकास समिति अध्यक्षमा हंसबहादुर खड्का नियुक्त भएका मन्त्रालयले जनाएको छ ।

नवलरासीको बर्दघाट नगर विकास उसमितिको अध्यक्षमा डिलबहादुर थापा, अर्घाखाँचीको भूमिकास्थान नगर विसका समिति अध्यक्षमा शिवबहादुर आचार्य र शीतगंगा नगर विकास समिति अध्यक्षमा बिष्णुप्रसाद गैरे नियुक्त भएका छन् ।

त्यस्तै रुपन्देहीको देवदह नगर विकास अध्यक्षमा मनकुमार कनौजे र बाँकेको कोहलपुर नगर विकास अध्यक्षमा अवराज खड्का मनोनित भएका छन् । नयाँ सरकार आउनुअघि सबै ठाउँमा नियुक्ति गरिसक्ने योजना अनुरुप यी निर्णय भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment